Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपक्षीको अनुपस्थितिमै लुम्बिनीका मुख्यमन्त्रीले लिए विश्वासको मत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ७ २०७८
  • 8.3K
    SHARES

४३ सांसद मतदानमा सहभागी, मुख्यमन्त्रीले पाए ४२ मत

बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पर्‍यो । उपसभामुख कृष्णी थारु तटस्थ बसिन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा ४३ जना प्रदेशसभा सदस्यमात्र उपस्थित गिए । मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

विश्वासको मत माग्दै मुख्यमन्त्ती केसीले प्रदेश सरकारको आवधिक योजना व्यवहारमा देखिने गरी कार्यान्वयन गर्ने बताए । त्यस्तै समृद्ध प्रदेश खुशी जनताको नारा जनताले अनुभूति गर्ने गरी काम गर्ने बताए ।

नेकपा एमालेले भने मुख्यमन्त्रीलाई समर्थन गर्ने अजय शाही र विमलाकुमारी खत्री वली आफ्नो दलको सांसद रहेको दावी गरेको छ । एमालेले उनीहरुले दलको ह्वीप नमानेको भन्दै निष्कासनको कारबाही गरी पदमुक्त गर्न प्रदेशसभामा जानकारीसमेत गराएको छ । तर सभामुख पूर्णबहादुर घर्तीले उनीहरु एमाले सांसद रहेको पुष्टि नभएको भन्दै कारबाही गर्न अस्वीकार गरेका छन् ।

एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने बताएको छ ।

२०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका अजय शाहीले नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए । त्यस्तै २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालिन नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री वलीले पनि सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी थिइन् ।

सोही कारण एमालेले उनीहरु आफ्नो दलको सांसद भएको दावी गरेको छ । तर शाहीले नेकपा एमाले र माओवादी केन्द्र अलग भएपनि आफूले माओवादी केन्द्र रोजेको दावी गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४