Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘प्राधिकरण र निगमका कर्मचारीको सेवा-सुविधा सीमाभित्रै राख’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । सरकारको ठूलो लगानी रहेर पनि संकटमा संचालन भइरहेका सार्वजनिक संस्थानको सुधार गर्न विशेष कार्ययोजना ल्याउन महालेखा परीक्षक कार्यालयले सुझाव दिएको छ । ५८ औं प्रतिवेदनमा महालेखाले सार्वजनिक संस्थानतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नेपाल वायुसेवा निगमजस्ता संस्थानको सुधारमा विशेष ध्यान दिन भनेको छ । यी सस्थानमा अहिले पनि सरकारले निरन्तर लगानी गरिरहेको छ । तर, लगानी अनुसार प्रतिफल नपाउँदा संस्थानको लगानीमा प्रश्न उठिरहेको छ ।

महालेखाले भने यस्ता संस्थानको सुधारमा विशेष कार्ययोजना ल्याउन सुझाव दिएको हो । संस्थानको कार्यालय संचालन खर्च, सवारी साधन खरीद तथा उपयोग, कर्मचारी तथा पदाधिकारीको सुविधा लगायत खर्च बान्छित सीमा भित्र राख्न उपयुक्त नियन्त्रणको व्यवस्था गर्न समेत महालेखाले सुझाव दिएको छ । सार्वजनिक संस्थानको स्वामित्वमा भएका जग्गा, जमिन, भवनलगायत सम्पत्तिको अभिलेखा राख्ने प्रतिवेदन तयारी गर्ने र उपयोग तथा संरक्षणको व्यवस्था गर्न समेत महालेखाले सुझाव दिएको छ ।

सार्वजनिक संस्थानमा आर्थिक अनुशासन कायम गर्न वित्तीय प्रतिवेदन मानको कार्यान्वयन गर्न समेत महालेखाले सुझाव दिएको छ । लेखा परीक्षणलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने भन्दै खेला परीक्षणमा देखिएका व्यहोरा कार्यान्वयनमा जोड दिइएको छ । संस्थानमा नियुक्त हुने पदमा व्यवसायिक कार्ययोजनालाई प्राथमिकता दिनुपर्ने र सोको आधारमा उनीहरुलाई निरन्तरता दिनुपर्ने परिपाटीको सुझाव समेत महालेखाले दिएको छ ।

संस्थानमा सरकारले गरेको शेयर तथा ऋण लगानी, ब्याज तथा लाभांश प्राप्तीको लेखांकनलाई नियमित भिडान गरि अध्यावधिक गर्न भनेको छ । वित्तीय योजना बनाएर नेपाल सरकारलाई तिर्नुपर्ने ऋणको साँवा ब्याज चुक्ता गर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४