Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर महानगर र जुम्लाको चन्दननाथ नगरबीच भगिनी सम्बन्ध


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ५ २०७८
  • 12.5K
    SHARES

काठमाडौं । ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झदारीपत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रमुख कान्तिका सेजुवालले भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेसन) समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए ।

अब ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच योजना तथा कार्यक्रमको आदानप्रदान, संस्कृति, परम्परा संरक्षण गर्ने तरिका तथा अन्य क्षेत्रका अनभुव र सीप साटासाट हुने ललितपुर नगरप्रमुख महर्जनले बताए ।

चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालको प्रस्तावमा ललितपुर महानगरले भगिनी सम्बन्ध जोडेको हो । विश्वका अन्य मुलुकसँग भगिनी सम्बन्ध कायम राखेपनि ललितपुरले देशभित्रका अन्य स्थानीय तहसँग यस अघि भगिनी सम्बन्ध कायम राखेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४