Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतसँगको मैत्रीपूर्ण खेल : साफ च्याम्पियनसिपको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ५ २०७८
  • 5.1K
    SHARES

प्रशिक्षक अलमुताइरी भन्छन् – नयाँ रणनीति लागू गर्छौं

काठमाडौं । अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ ।

नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ (भदौ १७ र २० गते) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल हुनेछ । नेपालले सन् २०१७ पछि भारतसँग पहिलो पटक खेल्न लागेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक अबदुलल्ह अलमुताइरीले पनि भारतविरुद्धको खेललाई साफको तयारीको रुपमा हेरेका छन् । ‘हामी भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछौँ । यो साफको लागि राम्रो तयारी हुनेछ,’ उनले अखिल नेपाल फुटबल संघ (एन्फा) मिडियासँग भनेका छन् । भारतविरुद्ध खेल्दा उनले फरक रणनीतिमा खेल्ने संकेतसमेत गरेका छन् । यसअघि गत जुनमा भएको विश्वकप र एसिया कप क्वालिफायरमा उनले आक्रमक रणनीतिमा खेलाएका थिए ।

‘भारतसँग नयाँ फिलोसोफी र नयाँ रणनीति लागू गर्ने प्रयास गर्नेछौँ,’ अलमुताइरीले भने, ‘म नतिजालाई कस्तो हुन्छ हेर्दिन । प्रदर्शनलाई हेर्छु ।’

कुवेतमा विश्वकप छनोट खेल्दा र अहिलेको टिममा पनि धेरै परिवर्तन आएको उनले बताए । ‘विश्वकप छनोट खेलेको टिम र अहिलेको टिममा धेरै परिवर्तन आएको छ । किनकि मैले खेलाडीसँग धेरै समय बिताउने मौका पाएँ, धेरै क्लास लिने अनि विश्लेषण गर्ने अवसर पाएँ ।’

भारतविरुद्धको खेलसँगै माल्दिभ्समा हुने साफ च्याम्पियनसिप नेपालको लागि वरीयता सुधार गर्ने राम्रो अवसरसमेत रहेको बताए ।

यी खेलहरुबाट नेपालले एसियन कप अन्तिम चरणको छनोटमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

‘हामीलाई राम्रो प्रदर्शन गर्दै वरीयता सुधार गर्ने अवसर छ । त्यसैले हामीले मैत्रीपूर्ण खेल जित्नैपर्छ र साफको खेल पनि जित्नुपर्छ ।’ अलमुताइरीले भने , ‘एसिया कप छनोट अघि हामीलाई राम्रो गर्ने अन्तिम अवसर छ । यदि त्यसमा राम्रो गरे हामी एसियन कप छनोटमा शीर्ष चार बाट तीनमा पुग्नेछौं । यसले हामीलाई सहयोग गर्नेछ । पोखरामा बन्द प्रशिक्षणमा अहिले २८ खेलाडीले तयारी गरिरहेका छन् । प्रशिक्षक अलमुताइरीले साफ र भारतसँगको मैत्रीपूर्ण खेलका लागि २६ जना सम्म लैजाने बताएका छन् ।

फोटो : एन्फा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४