Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेका १४ सांसदलाई कारवाहीपछि अब के हुन्छ संसदीय प्रक्रिया ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २ २०७८
  • 5.5K
    SHARES

नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्दै संसद सचिवालयलाई पत्र पठाएको छ । एमालेले पठाएको यो पत्रको प्रक्रिया अब के हुन्छ ? पार्टीले गरेको कारवाही सदर हुन्छ कि हुँदैन ? यसबारेमा राजनीतिक वृत्तमा चासो बढेको छ । 

एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ  मेटमणि चौधरीको संसद पद खारेज गर्ने पत्र संसद सचिवालयमा दर्ता गरिसकेको छ । 

एमालेले संसद सचिवालयमा दर्ता गरेको सूचनापछि सभामुखले १५ दिनभित्र यसबारे निर्णय गर्नुपर्ने कानूनी व्यवस्था छ । उनीहरुको सांसद पद खारेज भएकोबारे निर्वाचन आयोगलाई जानकारी गराउने र राजपत्रमा सूचना प्रकाशन गरिने संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

संसद भएको भए सभामा सभामुखले पद खारेजीबारे जानकारी गराउने व्यवस्था भए पनि संसद नभएका बेला राजपत्रमा सूचना प्रकाशन गरिने व्यवस्था रहेको छ । कारवाहीमा चित्त नबुझेमा कारवाहीमा परेका सांसदहरु अदालतमा जान सक्ने बाटो भने खुल्ला नै रहेको छ । यसैबीच, एमालेका सांसद मेटमणि चौधरीले प्रक्रिया पुर्याई नगरिएको कारवाहीको कुनै अर्थ नरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४