Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीले नै एकताकाे ढोका बन्द गरे, सुध्रिए भने चुनावमा तालमेल गरौंला : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ता गर्ने संकेत गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए ।

आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको बताए । सोमबार दिउँसो पनि उपमहासचिव घनश्याम भुसाल आएर एकताको अन्तिम पहल गर्ने बताएको र त्यसमा आफूले सहमति दिएको उनले सुनाए ।

नेता नेपालका अनुसार २८ फाुगनदेखि अहिलेसम्म भएका सबै निर्णय खारेज गर्ने तथा नयाँ निर्णयहरु नगर्ने र अहिलेसम्म भएका सहमतिहरु पालना गर्ने गरी थप सहमति गर्ने भुसालको प्रस्ताव थियो । त्यसमा आफूले सहमति दिएपछि भुसाल, अध्यक्ष ओलीलाई भेट्न गएको भन्दै नेता नेपालले भने, ‘उहाँ (ओली) ले माधव नेपालहरुका लागि यो पार्टीको ढोका बन्द भइसक्यो भन्नुभएछ ।’

ओलीले जालझेल मात्र गरेको र सहमति पनि पालना नगरेको भन्दै उनले अघि भने, ‘आजै पनि प्रकाश ज्वालालाई केन्द्रीय सदस्यबाट निकाल्नुभयो र २६० जनाको नाम निर्वाचन आयोगमा पठाउनुभएछ । सुन्दैछु, माधवकुमार नेपाल र रामकुमारी झाँक्रीसहित १४ जनालाई निष्कासन गर्नुभयो ।’

अब पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै  नेता नेपालले नयाँ दल दर्ताको संकेत गरेका छन् ।

नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै उनले भने, ‘गल्ती स्वीकार गरेर आउनुभयो भने अहिले एकता हुन्छ, भोलि एकता हुन्छ, तीन महिनापछि हुनेछ । चुनावमा तालमेल गरेर जान सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४