Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोलुखुम्बुका बासिन्दालाई साहज उर्जाको आईपीओ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ३२ २०७८
  • 8.5K
    SHARES

काठमाडौं । साहज उर्जा कम्पनीले सोलुखुम्बुका स्थानीय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला गरेको छ । कम्पनीले २९ गतेदेखि आयोजना प्रभावितहरुका लागि आईपीओ खुला गरेको हो ।

स्थानीय वासिन्दाहरुले छिटोमा भदौं ५ गतेसम्म र ढिलोमा २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना स्थल सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशनको लागि छुट्याएको आफ्नो जारी पुँजी तीन अर्व पचास करोड रुपैया मध्ये ३० प्रतिशत अर्थात एक अर्व पाँच करोड रुपैया रकम बराबरको सेय जारी गर्दैछ ।

१० प्रतिशत अर्थात ३५ करोड रुपैंया रकम बराबरको ३५ लाख कित्ता शेयर सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाको लागि जारी गर्न लागेको हो ।

बाँकी रहेको २० प्रतिशत अर्थात ७० करोड रुपैंया बराबरको एक सय अंकित दरको ७० लाख कित्ता, (कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता तथा सामूहिक लगानी कोषहरुलाई ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता समेत) सर्वसाधारणहरुमा निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाहरुले ग्लोबल आइएमई बैंक, सल्लेरी शाखा, सोलुखुम्बु, नेपाल इन्भेष्टमेण्ट बैंक, लुक्ला शाखा, सोलुखुम्बु, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा, सोलुखुम्बु, माछापुच्छे« बैंक, सल्लेरी शाखा, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखामा गएर आवेदन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४