Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनी प्रादेशिक अस्पतालको मेसु हटाउने निर्णय भएको छैन : मुख्यमन्त्री कार्यालय


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३१ २०७८
  • 6.3K
    SHARES

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) हटाउने निर्णय नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै साउन २७ गते मेसु डा. राजेन्द्र खनाललाई हटाई रेडियोलोजी विभाग प्रमुखमा स्थानान्तरण गरेको सार्वजनिक भएको थियो । यसको एक सातापछि डा. खनाललाई मेसुबाट हटाउने निर्णय माइन्युट नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिएको हो ।

‘मेसु हटाउने निर्णय भएको छैन, मुख्य सचिव ज्यूबाट योबारेको निर्णय माइन्युट भएकै छैन,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता डा. खगेन्द्र सुवेदीले भने, ‘मिडियामा कसरी समाचार आयो हामी पनि आश्चर्यमा परेका छौं ।’

मेसु नियुक्तिका लागि डा. इन्द्र ढकालको निवेदन आएको तर नियुक्तिको निर्णय नभएको उनले स्पष्ट पारे । ‘चिठी आएको हो, तर चिठी आएर मात्र हुँदैन, मेसु परिवर्तनको आफ्नै प्रकृया हुन्छ,’ प्रवक्ता सुवेदीले भने, ‘मुख्य सचिवबाट माइन्युट नभएको निर्णयले कानूनी वैधता पाउँदैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मेसु परिवर्तनको पत्र नआएको स्वीकारे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा पनि मेसु हटाइएको निर्णय अद्यावधिक भएको छैन ।

पूर्ववर्ती सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने खनाललाई मेसुबाट हटाएर रेडियोलोजी विभागमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको दोहोर्याए ।

तत्कालीन स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले खनाललाई हटाएर ढकाललाई मेडिकल सुपरिटेन्डेन्ट बनाउन चाहेका थिए । सोही अनुसार आफ्नो सरकार विदा हुने निश्चित भएपछि अन्तिम दिन हतार–हतार मन्त्रिपरिषद वैठकबाट निर्णय गराउन खोजेका थिए । तर उक्त निर्णय माइन्युट हुन सकेन ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दा यो कुरा ‘गोप्य’ राखिएको थियो । तर पत्रकारको प्रश्नमा तत्कालीन सरकारका प्रवक्ता चौधरीले डा. खनाललाई हटाउने निर्णय भएको बताएका थिए ।

कोरोना महामारीमा राम्रो काम गरेका कारण प्रदेश सरकारले खनाललाई २०७७ फागुन १ गते ‘क’ श्रेणीको पदकले सम्मान गरेको थियो । खनालले अस्पतालको भौतिक सुधारदेखि सेवा विस्तार र स्तर वृद्धिका काम गरिरहेका थिए । उनकै नेतृत्वमा अस्पतालका ७२ वटा सटर हटाउनेदेखि अस्पतालको इमर्जेन्सी, आइसियू व्यवस्थापन र रेडियोलोजी विभागको स्तर वृद्धि भएको थियो । डा. खनालसँग ‘स्वार्थ नमिलेका’ कारण विभागीय मन्त्री तथा सम्बन्धित अधिकारीहरू उनलाई हटाउन लागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४