Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडकको क्षमताभन्दा बढी भार बोकेको भन्दै नेपाली व्यवसायीले रोके भारतीय ट्रक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २७ २०७८
  • 6K
    SHARES

भन्सार जाँचपास भइसकेका तीन दर्जन बढी ट्रक बेलहिया सडकमा रोकिए


बुटवल । सडकको भारवहन क्षमताभन्दा दोब्बर बढी भार बोकेका तीन दर्जन भारतीय ट्रकलाई नेपाली ट्रक व्यवसायीले बेलहियामा रोकिदिएका छन् ।

भन्सार जाँचपास गरेर भैरहवातर्फ आउन थालेका भारतीय नम्बर प्लेटका मालबाहक ट्रकलाई पश्चिमाञ्चल यातायात व्यवसायी समितिले सोमबारदेखि रुपन्देहीको बेलहियास्थित बाइपास सडकमा रोकिदिएको हो ।

नेपालका सडकमा ३० टनभन्दा बढी भार बोक्न नपाइने कानुनी व्यवस्था भएपनि भारतीय ट्रकले ९० टनसम्म बोक्ने गरेपनि सरकारी निकायले बेवास्ता गरेपछि आफूहरु विरोधमा उत्रिनुपरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले बताए ।

‘कानूनले तोकेको भन्दा बढी भार बोक्न नपाइने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारी निकायको ध्यानाकर्षणका लागि भारतीय ट्रकलाई रोकेका हौं,’ भुसालले भने, ‘ओभरलोड बोकेका गाडीका कारण एकातिर नेपाली ट्रक व्यवसायीहरु ढुवानीको काम नपाएर खाली बस्नु परेको छ, अर्कोतिर नेपालका सडक र पुलमा ओभरलोडका कारण ठूलो क्षति भएको छ ।’

नियमअनुसार ६ चक्के ट्रकले ९.६ टन, १० चक्केले १६.२ टन, १२ चक्केले २१ टन, १४ चक्केले २५ टन र १८ चक्केले ३० टन बोक्न पाउँछन् । यही व्यवस्था अनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर, भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेका व्यवसायीहरु बताउँछन् । ती ट्रकमा उद्योगजन्य कच्चा पदार्थ, फलाम, मार्बल, टायल, फलफूल खाद्यान्न लगायत सामान हुने गरेको छ ।

क्षमताभन्दा दोब्बर-तेब्बर भारको सामान बोकेका सवारी साधनको भन्सार विन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने कानूनी व्यवस्था छ । भार मिलान गर्दा मापदण्ड बढी सामान अनलोड गर्नुपर्ने हुन्छ । तर यसो नगर्दा मापदण्ड बढी भार बराबरको सामान स्वदेशी ट्रकले ढुवानी गर्न पाउने अवसरबाट वञ्चित हुन पुगेको आचार्यले बताए ।

भारबहन नियमन सम्बन्धी निर्देशिका- २०७४ अनुसार भारतबाट ओभर लोड बोकेर आउने गाडीले भन्सार विन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था रहेपनि कार्यान्वयन नभएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख दामोदर मल्लले बताए । ‘कानून अवज्ञा गर्दै ओभरलोड बोकेका गाडी नेपालका जुनसुकै ठाउँमा निर्वाध चलिरहेका छन्,’ मल्लले भने, ‘ट्राफिक प्रहरीले ओभरलोड बोक्नेलाई अधिकतम एक हजार ५ सय रुपैयाँ जरिवाना गराउन मात्र पाउँछ ।’ भारतीय ट्रकले ४० टन भन्दा बढी झण्डै सय टनसम्म बोक्ने गरेको मल्लले बताए ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले भने आर्थिक ऐन र भन्सार ऐनले ओभर लोड हेर्ने जिम्मेवारी आफूहरुलाई नदिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४