Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेखर, मिनेन्द्र र गगनसँग देउवाले गरे छलफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २७ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ कार्यतालिकाबारे संस्थापनइतर समूहका नेताहरुसँग अनौपचारिक छलफल सुरु गरेका छन् ।

भदौ १६–१९ मै महाधिवेशन हुनुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वप्रति बढी आक्रामक देखिएपछि सभापति देउवाले संस्थापनइतर समूहका प्रभावशाली नेताहरुसँग छलफल गरेका हुन् ।

मंगलबार प्रधानमन्त्री देउवाले संस्थापनइतर समूहका नेताहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगनकुमार थापासँग बालुवाटारमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गरेका हुन् । बालुवाटार स्रोतका अनुसार देउवाले निर्धारित मितिमा महाधिवेशन सम्भव नभएकाले नयाँ कार्यतालिकाबारे नेताहरुसँग सल्लाह गरेका थिए ।

छलफलमा केन्द्रीय सदस्य रिजालले पार्टीमा समझदारी जुटाएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउन देउवालाई आग्रह गरेका थिए । ‘केन्द्रीय समिति बैठकअघि नै समझदारीमै कार्यतालिका ल्याउँदा राम्रो हुन्छ,’ नेता रिजालको प्रस्ताव थियो, ‘नत्र केन्द्रीय समितिमा अनावश्यक विवाद हुन्छ । त्यसले राम्रो सन्देश दिंदैन ।’

देउवाले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिकामा छलफल गर्ने कार्यसूची रहेको छ  ।

प्रधानमन्त्री देउवाले सहमतिमै कार्यतालिका ल्याउने जवाफ दिएका थिए । ‘म पनि सहमतिमै कार्यतालिका ल्याउने पक्षमा छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘महाधिवेशनबारे पार्टीमा समझदारी होस् भन्ने चाहन्छु । यसका लागि तपाईंहरुले सकारात्मक भूमिका खेलिदिनुस् ।’

देउवाले सरकार सञ्चालनका बारेमा आवश्यक सुझाव दिन पनि नेताहरुलाई आग्रह गरेका थिए ।

कांग्रेसमा केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने गरी छलफल भइरहेको छ । पौडेल समूहकै महामन्त्री डा. शशांक कोइराला पनि भदौमा महाधिवेशन सम्भव नभएकाले मंसिरमा गर्ने कार्यतालिका ल्याउन सकारात्मक छन् । तर वरिष्ठ नेता पौडेल भने प्रक्रिया छोट्याएर भएपनि तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

काठमाडौंमा दुई दिन चलेको पौडेल पक्षीय जिल्ला सभापतिहरुको भेलामा पनि भदौमै महाधिवेशन गर्नुपर्नेमा अधिकांशको जोड थियो । पार्टी वैधानिकता जोगाउन विशेष महाधिवेशन भएपनि निर्धारित मितिमै हुनुपर्नेमा अधिकांश जिल्ला सभापतिको जोड रहेको नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४