Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रादेशिक रंगशाला निर्माण गर्न कर्णाली सरकारले छुट्यायो ३५ करोड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २३ २०७८
  • 5.3K
    SHARES

सुर्खेत । कर्णाली सरकारले प्रदेश गौरवको आयोजना भनेको प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

डीपीआरअनुसार उक्त रंगशाला निर्माण गर्न कुल २ अर्ब बजेट आवश्यक पर्छ । तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य पूरा गर्न वार्षिक करिब ७० करोड बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । तर, सरकारले आगामी आर्थिक वर्षका लागि ३५ करोड मात्रै बजेट प्रस्ताव गरेको छ ।

प्रादेशिक रंगशाला निर्माणका लागी उक्त बजेट निकै न्यून भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्याल बताउँछन् । ‘हामीले ६० करोडमाथि नै माग गरेका थियौं । तर मन्त्रालयबाट ३५ करोड मात्रै प्रस्ताव भएको छ,’ उनले भने । बजेट पर्याप्त नभए पनि आयोजना शुरु गर्नैपर्ने बाध्यता रहेको सन्ज्यालको भनाइ छ ।

२०८० सालमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुँदैछ । प्रदेशमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिता सम्पन्न गर्न कर्णाली सरकारका साथै यस क्षेत्रका खेलाडी र खेलकुदप्रेमीहरु उत्साहित छन् ।

कर्णालीमा एउटा स्तरीय रंगशाला नहुँदा प्रदेश र जिल्ला स्तरका प्रतियोगिता पनि धुले मैदानमै आयोजना हुने गरेका छन् । खेलाडीहरूले पनि खुला चौर र धुलोमै अभ्यास गर्नुपर्ने बाध्यता छ ।

यही आवश्यकतालाई ध्यानमा राखी प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला बनाउने योजना अगाडि सारिएको छ । प्रतियोगिताका लागि महत्वपूर्ण मानिएको उक्त रंगशाला निर्माणका लागि साउनभित्रै टेन्डर हुने सामाजिक विकास मन्त्री यज्ञबहादुर बीसीले बताए ।

संघीय सरकारले २०७५ सालमै सातै प्रदेशमा एक÷एक रंगशाला निर्माणको घोषणा गरे पनि कर्णालीमा खेलकुद पूर्वाधार निर्माण हुन सकेको थिएन । उक्त आयोजनालाई कर्णाली सरकारले प्रदेश गौरवको आयोजना भनेको छ ।

२०८० सालभित्रै रंगशाला निर्माण गर्ने सरकारी लक्ष्य पूरा गर्न पर्याप्त बजेट र काममा तदारुकता देखाउन आवश्यक छ । तर प्रदेश सरकारले भने आयोजनाका लागि बजेट विनियोजनमा कन्जुस्याइँ गरेको छ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलकुद पूर्वाधार निर्माण गरिने सदस्य सचिव सन्ज्याल बताउँछन् । ‘मास्टर प्लान तयार छ, साउनको पहिलो साताभित्र टेन्डर गछौं, दुई वर्षभित्र रंगशाला निर्माण भइसक्नेछ,’ उनले भने । सरकारले उपलब्ध गराउने बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्नुको विकल्प नभएको सन्ज्यालकोे भनाइ छ ।

वीरेन्द्रनगरमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्न सक्ने क्षमताको हुनेछ । योसँगै अन्तर्राष्ट्रिय पौडी संघको मापदण्ड अनुसारको पौडी पोखरी र कबर्ड हल पनि निर्माण गरिने छ ।

सरोकारवाला भन्छन्– बजेट पर्याप्त छैन

कर्णाली प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षका लागि कुल ५९ करोड बजेट विनियोजन गरेको छ । त्यसमध्ये पूर्वाधार निर्माणका लागि मात्रै ४५ करोड प्रस्ताव गरिएको छ ।

प्रदेश रंगशालाका लागि ३५ करोड र १० वटा जिल्लामा बन्ने रंगशालाका लागि एक/एक करोड प्रस्ताव गरिएको छ ।

झट्ट हेर्दा बजेटको आकार ठूलो देखिए पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणका लागि यो पर्याप्त नभएको कर्णाली प्रदेश फुटबल संघका महासचिव गणेशकुमार कार्की बताउँछन् । ‘कर्णालीका खेल संरचना शून्य छ, राष्ट्रिय प्रतियोगता सञ्चालन योग्य संरचना निर्माण गर्न सम्पूर्ण बजेट पूर्वाधार निर्माणमा खर्चे पनि कमै हुन्छ,’ उनले भने ।

उनले थपे, ‘एउटा मात्रै बहुउपयोगी रंगाशाला बनाउन अर्बौं बजेट चाहिन्छ ।’ राष्ट्रिय स्तरका खेल प्रतियोगिताका लागि बनाइने हरेक संरचना दीर्घकालीन प्रयोगमा ल्याउन मिल्ने गरी निर्माण गरिनुपर्ने उनले बताए ।

पछिल्लो तीन वर्षमा खेल संरचना निर्माणका लागि संघ र प्रदेश सरकारले छुट्याएको २२ करोड बजेट फ्रिज गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४