उनीहरुले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि बैठक तय गरिएको थियो । तर, कुरा नमिल्दा १५ गतेको बैठकलाई २३ गतेका लागि सारिएको थियो । अब २५ गते बैठक बस्नेछ ।
चालु आर्थिक बर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सारिएको प्रदेश सभा सचिव यादवले बताए ।