Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोकिपर मार्टिनेजले ३ पेनाल्टी रोकेपछि अर्जेन्टिना फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २३ २०७८
  • 7.6K
    SHARES

काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नयाक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको निर्धारित मसयम १-१ को बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो । खेलको सातौं मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डोनाको पासमा बराबरी गोल फर्काएका थिए ।

निर्धारित ९० मिनेट बराबरी भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो ।

अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले तीन पेनाल्टी बचाए । मार्टिनेजले डेभिडसन सान्चेज, येरी मिना र एडविन कार्डोनाको पेनाल्टी प्रहार बचाए । कोलम्बियाका जुवान कुड्राडो र मिगुएल बोर्जाले मात्र गोल गरे ।

अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सी, लियोन्ड्रे परेडेस र लाउटारो मार्टिनेजले गोल गरे । रोड्रिगो डे पउलको प्रहार भन्दा पोष्ट माथिबाट बाहिरियो ।

अर्जेन्टिना सन् २०१६ पछि फाइनलमा पुगेको हो । दुई वर्षअघि ब्राजिलमै भएको प्रतियोगितामा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । यस पटक ब्राजिल विरुद्ध बदला लिँदै उपाधि जित्ने अवसर अर्जेन्टिनालाई छ ।

ब्राजिल भने पहिलो सेमिफाइनलमा पेरुलाई हराएर फाइनल पुगेको हो ।

फाइनल खेल आइतबार बिहान हुनेछ । १४ वर्षपछि ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा भिड्ने भएका हुन् । सन् २००७ मा ब्राजिलले फाइनलमा अर्जेन्टिनालाई पराजित गरेको थियो ।

सेमिफाइनलमा पराजित पेरु र कोलम्बियाबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४