काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रवक्ताको जिम्मेवारी प्रदीप पौडेललाई दिएको छ ।
समिति सदस्य रहेका पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको समिति सचिव केशव रिजालले जानकारी दिए । समितिको औपचारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।