Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २० २०७८
  • 3.6K
    SHARES

काठमाडौं । डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ ले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान बनाएको हो ।

अजरवैजानस्थित बाकु मैदानमा भएको खेलमा डेनमार्का लागि थोमस डिलाने र क्यास्पर डलबर्गले पहिलो हाफमा गोल गरे । चेकका लागि प्याट्रिक सिकले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमै थोमस डिलेनेले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । जेन्स स्ट्रराइर लार्सनको कर्नमार पेनाल्टीमा अनमार्क रहेका डिलानेले गोल गरेका थिए ।

४२औं मिनेटमा क्यास्पर डलबर्गले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । योकि माहलेको पासमा डोलबर्गले गोल गरेका हुन् । जारी युरोकपमा डलबर्गको यो तेस्रो गोल हो ।

पहिलो हाफमा दुई गोलले पछि परे पनि दोस्रो हाफमा चेकले सुरुआतदेखि नै डेनमार्कमाथि दबाब बनाउन थाल्यो । र ४९औं मिनेटमा चेकका प्याट्रिक सिकले गोल गरे । उनले भ्लादिमिर काउफलको पासमा गोल गरेका थिए ।

यस गोलपछि सिकले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो समान ५ गोल गरेका छन् । रोनाल्डोले एक असिस्टसमेत गरेकोले रोनाल्डोले गोल्डेन बुट होडमा अगाडि छन् ।
त्यसपछि भने खेलमा गोल हुन सकेन र

डेनमार्क सन् १९९२ मा उपाधि जितेपछि पहिलो पटक सेमिफाइनल पुगेको हो । डेनमार्कले अब फाइनल पुग्न इंग्ल्यासँग खेल्नेछ । इंग्याल्ड पनि शनिबार राति नै युक्रेनलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४