Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले टुंगो लगायो क्रियाशील सदस्‍यताको विवाद


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १८ २०७८
  • 2.9K
    SHARES

काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकमा देशभरिबाट प्रक्रिया पूरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटेको छ ।

कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकूलको नाम आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै निष्पक्ष छानबिनका लागि दबाब दिँदै आएको थियो ।

शुक्रबार भएको सहमतिमा नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानबिन समितिले निर्णय गर्न सक्ने गरी मापदण्ड पनि बनाएको छ । यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्लादेखि सबै प्रक्रिया पूरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ ।

प्रदेश जिल्ला र वडा स्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुन नसके छानबिन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ ।

बैठकपछि बोल्दै क्रियाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले लामो समय देखि विवादित बनेको क्रियाशील सम्बन्धी विषयले निकास पाएको बताए । यो निर्णयसँगै क्रियाशील सदस्य छानबिन सम्बन्धी कुनै समस्या नरहेको र केही दिनमा छानबिनको काम सम्पन्न गर्न सकिने संयोजक लेखकले जानकारी दिए ।

महाधिवेशन आउन दुई महिनाभन्दा कम समय बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको थिएन । असारभित्र जसरी पनि क्रियाशील सदस्यता विवाद टुंग्याइसक्नुपर्ने दबाबमा रहेको छानबिन समितिले सदस्यता छानबिनबारे मापदण्ड बनाइदिन पार्टी पदाधिकारीलाई आग्रह गरेको थियो ।

समितिको आग्रहमा बसेको बैठकले सहमति जुटाएपछि छानबिनको काम अगाडि बढ्ने बताइएको छ । कांग्रेसमा पुराना क्रियाशील सदस्यमा धेरै विवाद नरहे पनि समितिले अन्य पार्टीबाट आएका र नयाँ क्रियाशील सदस्यको सिफारिसमा विवाद देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४