काठमाडौ । जनताको सेवा गर्छु भनेर राजनीतिमा लागेकाहरू सरकारी सुविधाको कुन हदसम्म दुरुपयोग गर्दा रहेछन् भन्ने उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ । पदमा नरहेपछि सरकारी सुविधा फिर्ता दिनुपर्नेमा सुदूरपश्चिम प्रदेशकासामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सरकारी निवासका सामान मात्रै होइन बाथरुमको ऐनासमेत घर लगेको पाइएको छ ।”
‘आफ्नै कोठा सरे जसरी क्वार्टरमा केही बाँकी नराखेर सबै लानुभएछ’, स्रोतले भन्यो, ‘अहिले हामीलाई नयाँ सामान जोरजाम गर्न समस्या भइरहेको छ ।’“मन्त्री पदबाट हटेलगत्तै उनले सरकारी सुविधा फिर्ता गर्नुपर्ने भए पनि निजी सचिवालयका लागि सरकारले उपलब्ध गराएको २ थान ल्यापटप र मोटरसाइकल पनि फिर्ता नगरेको स्रोतले बतायो ।”
“सुवेदीले भएभरका सामान लगेपछि हाल नियुक्त सामाजिक विकासमन्त्री लालबहादुर खड्काका लागि प्रदेश सचिव रघुराम बिष्टको सचिवालयबाट फर्निचरलगायत सामग्री लगेर व्यवस्थापन गरेको बताइएको छ । तर, पूर्वमन्त्री सुवेदीले आफूले कुनै पनि सामान सरकारी निवासबाट घर नलगेको दाबी गरेका छन् । जनआस्थाले समाचार लेखेको छ ।”
नोट : Jananewsnepalkhabar.Com मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई Jananewsnepalkhabar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।