कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा काठमाडौंमा ३१६, झापामा २४८, कास्कीमा १८९, मोरङमा १७६, सुनसरीमा १२९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै ललितपुरमा ७४, रुपन्देहीमा ५७, ताप्लेजुङमा ५२, चितवन र मकवानपसुरमा ४८/४८ जना, तनहुँमा ३९, नवलपरासी पूर्वमा ३८, काभ्रेपलाञ्चोकमा ३४, सिन्धुपाल्चोकमा ३२, नुवाकोटमा ३०, भक्तपुरमा २९, बागलुङमा २८ जना लमजुङमा २५ जनामा कोरोना संक्रमित थपिएका छन् ।
पाँचथर र दाङमा १८/१८ जना, जुम्लामा र सुर्खेतमा १६/१६ जना, स्याङजामा १५, सिरहामा १४, सप्तरी, दोलखा र गोरखामा १२/१२ जना, धनुषामा ११, पाल्पामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ५२ बालबालिकामा कोरोना संक्रमणपुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४३ जनामा कोरोना संक्रमण देखिउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।