Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ सम्पन्न !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १५ २०७८
  • 2.1K
    SHARES

धनगढी । राष्ट्रिय धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

चालु वर्षमा समयमै मनसुन भएका कारण असार १५ गतेसम्म प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ ।

प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए ।

‘सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ’ वरिष्ठ कृषि विकास अधिकृत जोशीले भने, ‘मंगलबारसम्म आइपुग्दा करीब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।’

जोशीले यसवर्ष समयमै मनसुन भएका कारण अघिल्ला वर्षको तुलनामा धेरै रोपाइँ सकिएको बताए । ‘गत वर्ष अहिले ३०-३२ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

यसवर्ष प्रशस्त मात्रामा प्राकृतिक मनसुन भएका कारण किसानले समयमै धान रोप्न पाएका छन्’ उनले भने, ‘किसानहरुमा जनचेतना वृद्धि हुनु र प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारले सिँचाइ सुविधा विस्तार गर्नाले पनि रोपाइँ समयमै भएको देखिन्छ ।’

सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रमध्ये करीब ५३ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको कृषि निर्देशनालयले जनाएको छ । बाँकी ४७ प्रतिशत क्षेत्रफलमा आकाशे पानिको भरमा रोपाइँ गरिदै आएको छ ।

कुन जिल्लामा कति रोपाइँ ?

प्रदेश कृषि निर्देशनालयकाअनुसार सबैभन्दा धेरै धान खेती हुने कैलालीमा मंगलबारसम्म ५५ प्रतिशत रोपाइँ सकिएको छ ।

कैलालीमा झण्डै ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । कैलालीपछि बढी क्षेत्रफल रहेको कञ्चनपुरमा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०,बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५ र डोटीमा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न कृषि निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४