Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको कुनै पनि समूहमा नरहने बेदुराम भुसालको घोषणा, एमालेमा तरङ्ग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १३ २०७८
  • 5.1K
    SHARES

एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले स्वतन्त्र बस्ने भन्दै संसद सचिवालयमा पत्र पठाएका छन् । एमाले विवाद उत्कर्षमा पुगेका बेला भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै नेकपाबाट निर्वाचित भएकाले आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्यको हैसियतमा रहन चाहेको बताएका छन् ।भुसालले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको सदस्य भएको र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको उल्लेख छ ।

भुसालले सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ’, उनले पत्रमा थप भनेका छन्, ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’

भुसालले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिन पनि अनुरोध गरेका छन् । उनले आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेबी वा अन्य कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि संसदको लेखा शाखालाई जानकारी गराइदिन भनेका छन् । 

एमालेभित्रको माधव कुमार नेपाल समूहका महत्वपूर्ण नेता मानिएका उनले आफूलाई स्वतन्त्र हैसियतमा प्रस्तुत गरेपछि एमालेभित्र तरंग उत्पन्न भएको छ । कतिपयले उनले माधव नेपालको साथ छाडेको रुपमा पनि हेरे पनि आफु स्वतन्त्रको हैसियतमा हुने खोजेको दावी गरेका छन् । ‘म एमालेको कुनैपनि खेमा ओली र माधव समुह होइन स्वतन्त्र हुन खोजेको हो, भुसालले भने । उनले आफु एमाले एकताको पक्षमा रहेपनि एकताप्रति नेताहरु गम्भीर नभएकाले यस्तो निर्णय गर्न पुगेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४