Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रश्न गर्ने सांसदमाथि नै खनिए प्रदेश १ का मन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १३ २०७८
  • 5.3K
    SHARES

विराटनगर । प्रदेश १ का भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङ प्रदेशसभामा आफूलाई प्रश्न गर्ने सांसदमाथि व्यक्तिगत रुपमै खनिएका छन् । आइतबार मन्त्रालयगत बजेट विनियोजनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नै जिल्ला ओखलढुंगाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मोहन खड्कालाई व्यक्तिगत रुपमै गालीगलौच गरेका हुन् ।

खड्कालाई मन्त्री गुरुङले भने, ‘तपाईसँग अलिकति पनि भिजन छैन भन्ने बुझेको छु ।’

‘जनताबाट अनुमोदिन, सरकारको संयन्त्रमा पनि रहेको माननीय, एउटै जिल्लाबाट निर्वाचित, म (क) बाट उहाँ (ख) बाट,’ आलोचनाका क्रममा उनले भने, ‘विना आधार, केही कुरा नबुझी बोल्नुभो ।’

व्यक्तिगत आलोचनामा उत्रिएपछि सभामुख प्रदीपकुमार भण्डारीले गुरुङलाई रुलिङ गरे । तर सम्बोधनका क्रममा मन्त्री गुरुङले आफ्नै जिल्लाका सांसद मोहनकुमार खड्कालाई सुध्रिएर आउन चेतावनी दिए ।

‘तपाईंको आफ्नो के हो वास्तविकता, समस्या, तपाईंले आफूले सहकार्य गर्न पर्दैन र,’ उनले भने, ‘यसरी सदनमा यत्रो ९३ जना माननीयलाई बेबकुफ बनाउने किसिमको काम गर्नु अलिक उचित हुँदैन कि, तपाईं अलिक सुध्रिएर आउनुहोस् ।’

खड्काको क्षेत्रको समस्या आफ्नो पनि समस्या भएको बताउँदै मन्त्री गुरुङले भने, ‘तपाईंको समस्यालाई हल गर्ने जिम्मेवारी मेरोमा पनि छ ।’

आइतबार छलफलका क्रममा सांसद खड्काले भौतिक पूर्वाधार मन्त्रालयको बजेट गुट केन्द्रित र दलाल केन्द्रित भएको टिप्पणी गरेका थिए । बजेट विनियोजन र रातो किताबको तथ्यांक कुनै पनि मेल नखाने बताउँदै उनले प्रतिपक्षी र गुटबाहिरका सांसदको क्षेत्रमा बजेट काटिएको गुनासो गरेका थिए ।

उनले भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनमा ३७ करोड रुपैयाँ योजनाविहीन रकम घुसाइएको भन्दै दुरुपयोग हुने भएकाले हटाइनुपर्ने बताएका थिए । जवाफ दिने क्रममा मन्त्री गुरुङले आफूले ओखलढुंगाको विकास गर्न खोज्दा खड्काले आरिस गरेको आरोप लगाए ।

जवाफ दिन रोष्ट्रममा गएका मन्त्री नै व्यक्तिगत गालीमा उत्रिएपछि जनता समाजवादी पार्टीका नेता जयराम यादवले नियमापत्ति गरेका थिए । यादवको नियमापत्तिपछि सभामुख भण्डारीले चार पटक रुलिङ गरेपछि मात्रै मन्त्रीले आफ्नो भनाइ अन्त्य गरेका थिए ।

आइतबार बसेको पहिलो बैठकमा माओवादी केन्द्रका सांसद मोहन खड्का, नारायण मगर, नेपाली कांग्रेसका सांसद प्रतापप्रकाश हाङ्गाम, लीला सुम्बा, जसपा सांसद जयराम यादवले बजेट सत्ता पक्षका सांसदको क्षेत्रमा केन्द्रित भएको बताए ।

नेकपा (एमाले)का सांसद विमल कार्कीले विकासका योजनामा बजेटलाई निरन्तरता नदिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४