Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीलाई प्रचण्डको जवाफ : मेरो सेटिङमा नेपाल चलेको भए त …


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १२ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रममा सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई पदमुक्त गर्नु अघिल्लो दिन नै धादिङमा प्रचण्डले बोलेको भन्दै उनले न्याय निष्पक्ष भयो त भनेर प्रश्न गरेका थिए ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग गरेको छलफलमा प्रचण्डले भने प्रधानमन्त्रीले आफूलाई देखाएर अदालतलाई धक्याउन थालेको बताए । उनले आफूले नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरिएको गर्दै भने, ‘मैले संविधानअनुसार अदालतले पक्कै गर्छ भनेको हुँ । अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ ।’

उनले अघि भने, ‘१४९ जनाको हस्ताक्षर राष्ट्रपति कहाँ छ, १४६ जनाको हस्ताक्षर सर्वोच्चमा । अनि शेरबहादुरजी प्रधानमन्त्री हुनु पर्दैन ?’

संविधानको धारा ७६(५) सांसदहरुको विशेषाधिकारका रुपमा राखिएको भन्दै प्रचण्डले अदालतले संविधान अनुसार निर्णय गर्छ भन्ने विश्वास रहेको बताए । उनले अघि भने, ‘केपी अहिले पनि अदालतलाई धम्क्याउन थालेका छन्, थर्काउन थालेका छन् । ’

‘कहिले महान्यायाधिवक्ताबाट थर्काउन लगाउने, अहिले त आफैं । विचरा मलाई देखाएर, मैले सेटिङ गरेँ रे ! मेरो सेटिङमा नेपाल चलेको भए त ‍‍‍…?’ प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४