Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजलासमा प्रधानन्यायाधीश राणाको प्रश्न- विश्वासको मत लिन सक्दिनँ भन्ने लागे प्रधानमन्त्रीको जाने ठाउँ संसद हो कि राष्ट्रपति?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ११ २०७८
  • 2.2K
    SHARES

 काठमाडौँ / प्रतिनिधि सभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४६ सांसदले दिएको रिटमा निवेदकका वकिलको बहस आज सकिँदैछ।

 संवैधानिक इजलासमा अहिले सुनुवाइ जारी छ। सुनुवाइमा बहस गर्दै देउवा पक्षका वकिल दिनमणि पोखरेलले केपी शर्मा ओलीले  संविधानको धारा ७६ (२) अनुसार बहुमत नपाएपछि उनैलाई धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनाउन नहुने बताए।

उनले यो नैतिकताको प्रश्न भएको बताए।

अधिवक्ता पोखरेलको तर्क सुनेपछि इजलासबाट न्यायाधीश ईश्वर खतिवडाले सोधेका थिए- विश्वासको मत लिने वा नलिने प्रधानमन्त्रीको अधिकार हो कि बाध्यता हो?

 जवाफमा अधिवक्ता पोखरेलले भने- सपथ लिएपछि तीस दिनभित्र विश्वासको मत लिन जानुपर्ने  बाध्यकारी व्यवस्था हो। तर सक्दिनँ भन्ने लागेपछि प्रधानमन्त्रीको रूपमा बस्न पाइन्न, हट्नु पर्छ।

त्यसपछि प्रधानन्यायाधीश राणाले सोधे- मैले विश्वासको मत लिन सक्दिनँ भन्ने लागेपछि  प्रधानमन्त्रीले त्यो भन्न जाने ठाउँ संसद हो कि राष्ट्रपति?

‘प्रधानमन्त्री बनाउने एउटा प्रक्रियामा गएपछि, आधार देखाएपछि अब राष्ट्रपतिले विश्वासको मत पाउने अवस्था छ/छैन विश्लेषण गर्ने होइन,’ जवाफमा अधिवक्ता पोखरेलले भने।  

एक पटक संसदमा विश्वासको मत गुमाएको व्यक्ति फेरि प्रधानमन्त्री बन्न नहुने उनले बताए।

 अब विश्वासको मत पाउन सक्दिनँ भन्ने लागेर मार्ग प्रशस्त गर्नु भयो। मार्ग प्रशस्त भनेको त अरूलाई गर्ने हो नि। फेरि अरूलाई छोडिदिएको बाटोमा आफैं बाँध हाल्न जान मिल्छ?,’ पोखरेलले भने।

सुनुवाइ जारी छ। देउवा पक्षका वकिलको बहस आज सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४