Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निषेधाज्ञा खुकुलो भएको केहि दिन न बित्दै काठमाडौँबासीका लागि आयो अर्को दुखःद् खबर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ११ २०७८
  • 4K
    SHARES

गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको क्षति यति नै भयो भन्ने अनुमान गर्न सकिएको छैन । आयोजनामा बाढीले पु(याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको हेडवक्र्स पुग्न नसकेपछि क्षतिको विवरण गर्न नसकिएको हो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर माधव नेपालको संयोजकत्वमा ६ जनाको टोली अम्बाथानतर्फ गएको थियो । उक्त टोली हेडवक्र्स पुग्न नसकी किउलबाटै फर्किएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

‘के कति क्षति भएको छ भनेर यकिन गर्न हामीले प्राविधिक टोली पठाएका थियौं । उहाँहरू त्यहाँसम्म पुग्नै सक्नु भएन,’ पन्तले भने, ‘क्षति यकिन गर्न पाए निर्माण योजना बनाउन सजिलो हुने थियो ।’ उनका अनुसार टोली मेलम्ची हुँदै चनौटेको रातोपुलसम्म गाडीमा गएको थियो । त्यहाँबाट करीब ६ किलोमीटरमा रहेको किउलसम्म पैदल पुगेको थियो । किउलबाट अम्बाथानस्थित मेलम्ची खानेपानीको हेडवक्र्स करीब ५ किमीमा पर्छ ।

निरन्तर बाढी आइरहेको र पानी परिरहेका कारण टोली हेडवक्र्स पुग्न नसकेको हो । त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ। उनले भभने, ‘प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ।’

निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ। त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ। निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए।

मेलम्चीलाई बाढीले हाने पनि अब काठमाडौँमा पठाइएको पानी लामो समयसम्म पठाउन नसकिने आयोजनाले जनाएको छ । कम्तिमा पनि दशैँसम्म काठमाडौँमा पानी पठाउन नसकिने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४