Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थप २,४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १० २०७८
  • 2.7K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने २ हजार ५१८ जना निको भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् भने ८ हजार ९१८ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमित ४९ हजार ५५५ जना रहेका छन् । उनीहरुमध्ये होम आइसोलेसनमा ४६ हजार ५०२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ५३ जना छन् । मन्त्रालयका अनुसार हाल ७३६ जना आईसीयू र २०७ जना भेन्टिरमा उपचाररत् छन् ।

गत २४ घण्टामा प्रदेश १ मा ३९७, प्रदेश २ मा ९५, बागमती प्रदेशमा ७१६ तथा गण्डकीमा २१८ जना संक्रमित थपिएका छन् । यस्तै लुम्बिनीमा ११६, कर्णालीमा १७ र सुदूरपश्चिम प्रदेशमा १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४