Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘राष्ट्रपतिले माधव नेपालहरुको दोहोरो समर्थन के आधारमा भन्नुभो ?’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १० २०७८
  • 3.4K
    SHARES

काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपतिले धारा ७६ (५) को प्रधानमन्त्रीमा देउवाको दावी अस्वीकार गर्द राष्ट्रपतिले लिएको दावी गलत भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका माधव नेपालहरुको समर्थन केपी शर्मा ओलीलाई पनि रहेको भन्नु गलत भएको बताए । ‘के माधव नेपालजीहरुले केपी ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए त ? समर्थन नै नपाएकोले छ भनेर भन्यो भन्दैमा दोहोरो पर्‍यो भन्ने हुन्छ ?’ उनले भने ।

संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दावी अस्वीकार गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले केही सांसदको दोहोरो समर्थन देखिएको कारण दिएकी थिइन् । वरिष्ठ अधिवक्ता दाहालले धारा ७६ (५) संसदको रक्षाकवच भएको बताए । दलीय समर्थन र एकल बहुमतको आधारमा सरकार बन्न नसकेको अवस्थामा संसद जोगाउन धारा ७६ (५) को व्यवस्था राखिएको उनको भनाइ छ ।

वरिष्ठ अधिवक्ता राष्ट्रपतिले गरेको निर्णयबारे अदालतमा प्रश्न उठाउन पाइने बताएका छन् । संवैधानिक सर्वोच्चता भएको मुलुकमा राष्ट्रपति पनि संविधान अन्तर्गत नै हुने भन्दै उनले प्रधानमन्त्रीले गरेका असंवैधानिक कामलाई साथ दिने राष्ट्रपतिमाथि प्रश्न उठाउन पाइने बताएका छन् । ‘संविधानको रक्षक र पालक राष्ट्रपति हो । अब राष्ट्रपतिले प्रधानमन्त्रीले जे जे असंवैधानिक काम गरे पनि लालमोहर लगाइरहने ?’  उनले प्रश्न गरे ।

वरिष्ठ अधिवक्ता दाहालले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई ककसले समर्थन गरेको छ भनेर प्रधानमन्त्री कार्यालय र जनता समाजवादी पार्टीका नेताहरुले कसरी थाहा पाए भनी प्रश्न गरे ।

‘अनि देउवाको समर्थनमा क कसले हस्ताक्षर गरेको भनेर बालुवाटारले कसरी थाहा पायो ? महन्थ ठाकुर र राजेन्द्र महतोले कसरी थाहा पाए ? राजेन्द्र महतो र महन्थ ठाकुरको पत्र कसरी गयो ? तपाईंको बारेमा यसरी आयो भनेर कसले भन्यो ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४