Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असंवैधानिक काम रोक्न अदालत छ : उपेन्द्र यादव


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ८ २०७८
  • 2K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कार्यलाई सर्वोच्च अदालतले रोक लगाएको बताएका छन् ।

संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई मंगलबार सर्वोच्च अदालतले बदर गरिदिएपछि कुरा गर्दै उनले असंवैधानिक कार्यलाई रोक्न सर्वोच्च अदालत छ भन्ने सन्देश गएको टिप्पणी गरे ।

‘असंवैधानिक कार्य रोक्ने संस्थाको रुपमा, संविधानको रक्षा गर्ने संस्थाको रुपमा सर्वोच्च्च अदालत छ भन्ने नै हो’ उनले भने, ‘लोकतन्त्रमाथि जुन प्रहार हुँदै आएको छ, त्यो प्रहारविरुद्ध सर्वोच्च अदालत छ ।’

प्रधानमन्त्रीले संविधानविपरीत गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गर्नु सर्वोच्चको स्वागतयोग्य कदम भएको यादवले बताए ।

अध्यक्ष यादवले जनता समाजवादी पार्टीबाट सरकारमा जानेहरु सच्चिएर पार्टीमा फर्किन सक्ने बताए । ‘जसपाभित्रको विवादले उहाँहरु सरकारमा गएको होइन । कसैले अहर्याइदियो र केपी ओलीको प्रतिगमनको मतियार बन्न गएका हुन् । ती साथीहरुले आलोचना गरेर फर्किएर आए भने जसपा एकता अझै सम्भव छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४