Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशसभा विघटन हुनबाट जोगियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ५ २०७८
  • 4.1K
    SHARES

काठमाडौं, असार ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको हो। प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बहुमत ३१ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको घोषणा गरे।

मतदानमा ५८ मत खसेको थियो। नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी ९जसपा० का २, राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २७ सांसदले विश्वासको मतको

प्रस्तावको विपक्षमा मतदान गरे। गण्डकी प्रदेशसभा ६० सदस्यीय हो। जसमा एक सभामुख छन् भने जनमोर्चाका एक सांसद कृष्ण थापा पदमुक्त भएका छन्।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका पोखरेलले विश्वासको मत प्राप्त नगरेको भए प्रदेशसभा विघटन हुने थियो। एमाले प्रदेशसभा विघटन गरेर मध्यावधि चुनावमा जाने पक्षमा थियो। तर मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएसँगै एमालेको चाहनामा तुषारापात भएको छ।                                                                                                                       तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४