सुवास महत,ललितपुर ।
पछिल्लो सफल काठ क्षेत्रको गायक भन्ने बितिक्कै सबैको दिमागमा नाम आउछ ,त्यो नाम हो सरोज लामिछाने ,, बोलिमा मिठासपन , कालेकाले झिल्के हिस्सि परेका युवा पुस्ताको अब्बल लोक तथा दोहोरी गायक लामिछाने, गायक मात्र नभएर सर्जक तथा सन्चारकर्मि पनि हुन्।
उनको नाम नसुन्ने साहेद बिरलै होलान् ।।, पछिल्लो समय निकै व्यस्तता देखिन्छन् मेला -महोत्सव देखि गायक विभिन्न कार्यक्रममा दैनिक रेडियो सिटि 98.8 मा समेत कार्यक्रम चलाउन भ्याउछन् । अझै सृजना मा समेत उनी लगनशीलता भएर लागेको देखिन्छ ।उनका एकपछी अर्को सृजनामा केहि न केही सन्देश अनि मौलिकता भेटिन्छ । अनि दर्शक उनको प्रस्तुतिको पर्खाईमा रहने गर्दछन ।
एकपछी अर्को सफलता हात परे सङ्गै सरोज लामिछानेकै लय तथा शब्दमा `बरको हांगो भुई छोयो लर्केर´ नामक गित सार्वजनिक भएको छ , युटुबमा , टिकटकमा जतातै चर्चा र सफलता बटुल्न सफल उक्त गीत गायकले आफ्नै नामको यूट्युव च्यानल मार्फत
सार्वजनिक गरेका छन् । उक्त गितमा उनी सङ्ग गायिका स्मृति गौतम ,सिमी ठकुरी र गायक विष्णु काले ठकुरीको स्वर भरेका छन् । फरक खालको सृजना गर्न रुचाउने उनी पछिल्लो समय काठ क्षेत्रका लागि पहिलो नम्बरमा रहेको कुरा सर्बबिदितै छ ।
उता गौतमसङ्ग कुरा गर्दा ,लामिछाने सङ्ग सालको पात हे माया गितमा सहकार्य गरे पछि यसैबाट सङ्गितीक यात्रामा धेरै फलिफाप भएको , र धेरै सफलता हासिल गरेको दर्शक श्रोताले रुचाएको र यहि गितबाट स्मृति गौतम भनेर चिनिएको कुरा गौतम बताउंछिन । जसबाट अगाडि बढ्नको लागि अर्को ईटा थप्ने काम भएको र फेरि नयां सृजना सरोज संगै गरेको कुरा उनी बताउंछिन् ।
पहिलाको जस्तै दर्शक श्रोता को माया पाउने आस र विश्वासका साथ अगाडि बढ्न प्रेरणा मिल्ने वताउदै बरको हागो बजारमा ल्याएको गौतम बताउँछिन् भने
नब कलाकार बिस्णु काले ठकुरी र सिमि ठकुरी पनि सरोज लामिछाने सङ्ग सहायात्रा गर्न पाउँदा धेरै खुसी भयको बताउछन् ।
गीतको सङ्गीत संयोजन आर के मिलनले गरेका हुन् । गीतको भिडियो संन्जिव ठकुरी र आयुस्मा कार्की लगायत को दम्दार अभिनय देख्न सकिन्छ ।
निरेन श्रेष्ठ को निर्देशन ,राजकुमार मगरको सम्पादन ,मुकेश हुमागाईको छायांकन गरेको भिडियो मा अमोन राना ले कोरियोग्रफ गरेका छन्।
गायक सरोज लामिछाने ले बरको हागो बोलको गित सङ्गै कोरोना गीत समेत सार्वजनिक गरेको बताउछन् ।
कोरोना गित समय सान्दर्भिक संन्देश बोकेको निकै मार्मिक खालको रहेको कुरा पनि बताऊछन सरोज ।
उक्त गितमा संयोजन,भिडियो ,सम्पादन आरके मिलन ले गरेका हुन् भने संगित,शब्द,स्वर अनि अभिनय स्वयम् लामिछाने कै देख्न सकिन्छ। ।
सामाजिक संन्देश बोकेको यस गितलाई सुनकोसी मिडिया युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।। https://youtu.be/SCo-kDH5PnE