मन्त्रालयले त्यसरी संकलन गरिएको लगत स्वास्थ्य सेवा विभागमा पठाउन पनि सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुलाई निर्देशन पनि दिएको छ ।
खोप लगाउनुपर्ने व्यक्तिको लगत प्राप्त भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।
मन्त्रालयले खोप लगाउनुपर्नेलाई निषेधाज्ञाको समयमा पनि आवतजावतको व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना
