Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिउँसो सपथ लिँदै प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३१ २०७८
  • 4.2K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे दुई बजे पद तथा गोपनियताको शपथ लिँदै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले सपथ लिने छन् । जसपाको महन्थ ठाकुर समूहले सहयोग गरेपछि ओली नेपालको ४३औँ प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने र एमालेको झलनाथ खनाल– माधव नेपाल समूहले पनि राजीनामा नदिने भएपछि अन्तिम अवस्थामा आएर बहुमतीय सरकारको दाबी गर्नबाट कांग्रेस सभापति शेरबहादुर देउवा पछि हटेका थिए ।ओलीले जसपाको ठाकुर समूह र खनाल–नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके फेरि संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन्छ । ७६ को उपधारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।

धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधी चुनावमा जान्छ । सबै विकल्प समाप्त भएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै नेकपा एमालेका अध्यक्ष ओली पुन ःनेपालको प्रधानमन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति भण्डारीले बिहीबार मध्यरात ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दलहरुसँग आह्वान गरे पनि बिहीबार ९ बजेको समयसीमाभित्र कुनै दलले पनि दाबी प्रस्तुत नगरेपछि प्रधानमन्त्री ‌ओलीलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री पदमा सत्तारोहण गर्ने अवसर जुटेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४