Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वास्थ्य मापदण्ड पालना गरेर रमजान पर्व मनाउन राष्ट्रपतिको आव्हान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३१ २०७८
  • 4K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

देशमा कोरोना भाइरस महामारीले विकराल रुप लिईरहेकोले यसबाट बच्नका लागि भिडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी इद मनाउन राष्ट्रपति भण्डारीले आव्हान गर्नु भएको हाे ।

मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान अर्थात इद–उल–फित्र आज हर्षोल्लासका साथ अल्लाहको प्रार्थाना गरेर या पर्व मनाईन्छ ।

एक महिनाको कठोर उपवासपछि आजको दिन अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोजा अर्थात व्रत बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ । अहिले हिजरी सम्वत १४४२ हो ।

मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीवको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिर्यानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४