Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाबुरामको टिप्पणी– ओली पुनः चतुर सावित भए


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 6.3K
    SHARES

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पुनः चतुर सावित भएको टिप्पणी गर्नुभएको छ ।

वैकल्पिक सरकार बन्ने सभ्वना टरेपछि सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजीनितमा ओली पुनः चतुर सावित भएको टिप्पणी गर्नुभएको हो ।

भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको बताउनुभएको छ । उहाँले अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने जिकिर गर्दैसबैले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले गत सोमबार संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको लागि बिहीबार बेलुकी ९ बजेसम्मको समयसीमा दिनुभएको थियो ।

तर, उक्त समयसीमाभित्र सरकार गठन हुने सम्भावना टरेपछि ओली पुनः संविधानको धारा ७६ को उपधार ३ बमोजिम संसदको ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४