Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टर्‍याे नयाँ सरकार गठनको बाटो, ओली फेरि प्रधानमन्त्री नियुक्त हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 6.3K
    SHARES

काठमाडौं । संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठन गर्ने प्रयास गरेका विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको सम्भावना टरेको निष्कर्ष निकालेका छन् ।

बिहीबार आज अपरान्ह बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक र सोही समयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वैकल्पिक सरकार गठनको सम्भावना टरेको निष्कर्ष निकालेको हो ।

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोलाई नयाँ सरकार गठनको लागि मनाउने प्रयास विफल भएको ब्रिफिङ गर्नुभएको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभये ।

यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनको सम्भावना टरेको जानकारी गराउनुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

नयाँ सरकार गठनको लागि कांग्रेस र माओवादी केन्द्रले जसपाको ठाकुर–महतो पक्षलाई मनाउने प्रयास गरेका थिए । तर, उक्त प्रयास असफल भएपछि नेकपा एमालेको माधव नेपाल पक्षले भूमिका खेल्ने अपेक्षा गरेका थिए ।

तर, दुवै विकल्प अन्त्य भएपछि बहुमतको सरकार गठनको सम्भावना सकिएको हो । बहुमतको सरकार गठनको सम्भावना सकिएपछि अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले पुनः केपी ओली नै प्रधानमन्त्रीमा नियुक्त हुने बाटो खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४