Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजीनामाबारे माधव नेपालले थाले कानुनी परामर्श


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 4.1K
    SHARES

एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा लगायतका विषयमा कानुनी परामर्श थालेका छन् । नेता नेपालले आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र टिकाराम भट्टराईसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले जानकारी दियो ।
वरिष्ठ नेता नेपाल पक्षले सांसद पदबाट राजीनामा गर्ने अन्तिम तयारी गरेको छ ।
यता सामुहिक राजीनामा गरे समस्यामा पर्ने बुझेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजै नेपाल सहित चार नेताको कारवाही फुकुवा गर्ने निर्णय गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसारको बहुमतीय सरकार गठनका लागि दिएको म्याद सकिन लागेसँगै नेताहरुले आन्तरिक छलफललाई तिव्र पारेका हुन् । ओली नेतृत्वको सरकारको विकल्पमा काँग्रेससहितको गठबन्धनले नयाँ सरकार बनाउने भनेपनि संसदीय गणितका लागि माधव समुहको सहयोग आवश्यक देखिन्छ ।एमालेमा आएको विग्रहका कारण माधव समुहले सहयोग गर्ने देउवाका आशा छ । तर, माधव पक्षमा राजीनामा गर्ने कि नगर्ने भन्ने मतभेद चुलिँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४