Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार गठनबारे दलहरू आन्तरिक छलफलमा, देउवा र प्रचण्डबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २८ २०७८
  • 10.7K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरुको छलफल बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीले बिहीबारसम्मको समय दिएर नयाँ सरकारका निम्ति आह्वान गरेकी छन् ।

राष्ट्रपतिको आह्वानपछि विपक्षी गठबन्धन नयाँ सरकार बनाउनेबारे छलफलमा जुटेका छन् । सरकार गठनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सभापति देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए ।

देउवा र प्रचण्डबीच पौने घण्टा जति कुराकानी भएको जनाइएको छ । सभापति देउवाले तीन दल कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको छलफल राखेका थिए । तर जसपा आन्तरिक रुपमा प्रष्ट नभएपछि देउवाले बैठक स्थगित गरेका छन् ।

तर, देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादव टेलिफोन संवाद भने भइरहेको छ । जसपामा यादव र डा. बाबुराम भट्टराई नयाँ सरकार गठनको पक्षमा छन् । तर महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीकै पक्षमा उभिएपछि जसपा प्रष्ट हुन सकेको छैन । जसपाको यो दुई धारबीच संवादको पहल भइरहेको स्रोतले जनाएको छ ।

जसपाको विवादका कारण संयुक्त बैठक स्थगित भएपछि सभापति देउवाले पदाधिकारी बैठक बूढानीलकण्ठमा बोलाएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि आन्तरिक छलफलमा जुटेको छ । अहिले स्थायी कमिटी सदस्यहरुबीच भर्चुअल संवाद भइरहेको एक नेताले बताए ।

यो समूहका २८ सांसद सोमबार ओलीलाई विश्वासको मत दिन संसद गएका थिएनन् । आगामी कदमबारे छलफल गर्न यो समूह आन्तरिक छलफलमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४