Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोप खरिदमा भ्रष्टाचार भयो भन्नु झूठो आरोप–प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 2.7K
    SHARES

काठमाडौं, /  प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्ध लडाइँमा जुटिरहेको सरकारविरुद्ध खोप खरिदमा भ्रष्टाचार भएको जस्ता झूठो आरोप लगाइएको जिकीर गर्नुभएको छ ।

प्रतिनिधिसभामा विश्वासको मत लिने सन्दर्भमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका असल प्रयासविरुद्ध तल्लोस्तरमै झरेर बदनाम गरिएको उल्लेख गर्नुभयो ।

कोरोनाविरुद्धको खोप खरिदमा भ्रष्टाचार गरिएको भन्दै निराधार अरोप लगाइएको उहाँको दाबी थियो ।

भ्रष्टाचारविरुद्ध सरकार खरो उत्रिएको भन्दै उहाँले गलत गर्ने कसैलाई पनि नछाडिने बचन दिँदै भन्नुभयो, ‘यस्तो महामारीको बेलामा पनि कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ । तर यहाँ त निराधार आरोप लगाएर सरकारलाई बदनाम गर्न खोजियो ।’

प्रधानमन्त्री ओलीले नेपाल कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरेपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको र दक्षिण एशियामा भारतपछि नेपालले नै नागरिकलाई खोप लगाएको दाबी गर्नुभयो ।

कोभिडविरुद्धको लडाईलाई पक्ष वा विपक्षको रुपमा नभई यसलाई परास्त गर्नु सबैको साझा दायित्व हुनुपर्ने भन्दै उहाँले यतिबेला स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर, जनताले देख्ने बुझ्ने गरी सबै एकजुट भएर कोभिड–९ विरुद्ध लागेको हुनुपर्नेमा विविध कारणले त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४