Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नै मैदानमा युभेन्टसको लज्जास्पद हार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 3.7K
    SHARES

एजेन्सी । इटालियन सिरी एमा युभेन्टसले लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा युभन्ेटस आफ्नै घरेलु मैदानमा एसी मिलानसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

पाहुँना टोली युभेन्टसलाई सानदार जित दिलाउनको लागि ब्राहिम डियाज, आन्टे रेबिच र फिकायो टोमोरी गोल गरे । मिलानले एक गोल पहिलो हाफमा गरेको थियो भने दुई गोल दोस्रो हाफमा गरेको थियो ।

मिडफिल्डर ब्राहिम डियाजले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै मिलानलाई अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा आन्टे रेबिचले दर्शनीय गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

त्यक्सो तीन मिनेटपछि नै मिलानले ३-० को अग्रता लियो । हाकान चाल्हानोग्लुले लिएको लामो फ्रिकिकलाई फिकायो टोमोरीले हेडरमार्फत गोल गर्दै एसी मिलानलाई सानदार जित दिलाए ।

यस हारसँगै युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा झरेको छ । मिलान तेस्रो स्थानमा उक्लिएको छ । मिलान र दोस्रो स्थानमा रहेको एटलान्टासँग समान ३५ खेलमा ७२ अंक रहेको छ । चौथो स्थानको नेपोलीको ३५ खेलमा ७० तथा पाँचौ स्थानको युभेन्टसको ३५ खेलमा ६९ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४