Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा सरकार ढल्यो, मनाङ्गेको मन्त्री पद गुम्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 4.7K
    SHARES

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै १२ दिन अघि मात्र मन्त्री बनेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको मन्त्री पद गुमेको छ । मुख्यन्त्री गुरुङले आफ्नो सरकार बचाउनकै लागि मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । अन्ततः गुरुङ राजीनामा दिन बाध्य भएपछि मनाङ्गेको मन्त्री पद पनि गुमेको हो । यद्यपी मन्त्री नियुक्त भएकै दिन मनाङ्गेले दुई हप्तामै यो सरकार ढल्न सक्ने बताएका थिए ।

आफुविरुद्ध दर्ता भएको अविश्वासको मतविरुद्ध बहुमत पुर्याउन नसक्ने भएपछि गुरुङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीता पौडेललाई उनले राजीनामा बुझाएका हुन् अविश्वासको मतमा सोमबार मतदान हुँदैछ । मुख्यमन्त्रीले राजीनामा दिएसँगै सबै मन्त्रीहरु पदमुक्त भएका छन् । प्रदेश प्रमुख पौडेलले राजीनामा स्वीकृत गरेर तीन दिनभित्र नयाँ सरकार गठनका लागि समय दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४