Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इनरुवामा बलात्कारको घटना अनूशन्धान गर्न प्रहरी मानेन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 3.7K
    SHARES

इनरुवा । बालात्कार आरोपी युवकलाई प्रहरीले पक्राउ नगरेको पीडितका आफन्तहरुले गुनासो गरेका छन् ।सुनसरीको इनरुवा नगरपालिका १ आदर्श टोलकी किशोरीलाई छिमेकीको विवाहमा गएको बेला स्थानीय बिजय साहले बलात्कार गरेको पीडितले आरोप लगाएका थिए ।

पीडितका परिवारले बलात्कार भएको थाहा पाउने बित्तिकै प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरीले उजुरी लिन मानेको थिएन । उजुरी नलिनको कारण पीडक साहका परिवारले स्थानीय प्रतिनिधि र राजनीतिक दलका नेताको आडमा रहेर प्रहरीलाई उजुरी नलिन दवाव दिएको पीडित परिवारले आरोप लगाएका थिए । तर स्थानीय र स्थानीय संघसंस्थाको सहयोगमा दवाव दिएपछि पीडितको उजुरी प्रहरीले लिएको थियो ।

घटना गत बैशाख १७ गते रातिको हो । उनीहरुले १८ गते प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरीले उजुरी नमानेपछि दोस्रो पटक उजुरी गर्दा गत मंगलबार मात्रै प्रहरीले उजुरी लिएको स्थानीय तोया गिरी बताउछिन् ।

उनले पीडितको उजुरी नलिन राजनीतिक आडमा आरोपीत साहको परिवारले प्रहरी प्रशासनलाई दवाव दिएको बताइन् । त्यस्तै उक्त घटना समाजमै मिलाउन साहको परिवारले पीडित परिवारलाई पटक-पटक पैसाकाे लाेभ देखाउदै समाजमै मिलाउन दवाव दिएको पनि उनले बताइन् ।

अहिले ठूलाे दवावपछि प्रहरीले लिएकाे उजुरीमाथि अनुशन्धान गर्न भने आनाकानी भइरहेकाे पीडित तथा स्थानीयको गुनासो छ ।

आरोपीत बिजय साह व्यापारीका छोरा भएकाले उनीहरुले सबैतिर जालझेल गरेर भएपनि पीडितलाई न्याय नदिलाउने प्रयास गरिरहेको पीडितकी दिदी सीता बताउछिन् ।

उनी भन्छिन् – ‘हामी आर्थिक रुपमा अति विपन्न हौँ । हाम्रो घरमा बोल्नसक्ने कोही छैन । बुबा हामी सानै छँदा बित्नुभयो । अहिले ममी, बहिनी र म छौँ । ममीले हामीलाई होटलमा काम सघाएर पाएको पारिश्रमिकले हामीलाई खाना खुवाउदै आउनु भएको छ।’

प्रहरीमा उजुरी नदिई घरमै मिलाउनु पटक-पटक साहका परिवारले दवाब दिएको उनी बताउछिन् । उजुरीबारे प्रहरीमा बुझ्दा कोरोनाको कारण आरोपीत युवकलाई नियन्त्रण तथा घटनाको सम्बन्धमा अनूशन्धान कठिन भएको प्रहरीले जवाफ दिने गरेको उनकाे भनाइ छ ।

उता अन्य स्थानीय भने पनि युवकलाई पक्राउ गर्न प्रहरीले तदारुकत नै नदेखाएको बताउछन् । स्थानीय एक महिला अधिकार कर्मी सरस्वती लुईटेल केसी भन्छिन्, – ‘प्रहरीले चाह्यो भने एकैछिन्मा नियन्त्रणमा लिन्छ । प्रहरीले उजुरी लिनु अघि युवक उनकै घरमा थिए। ‘ उनी थप्छिन्, ‘प्रहरी र परिवारको मिलेमतोमै युवकलाई लुकाइएको हुनसक्छ।’

कसरी भयो घटना ?

१७ गते इनरुवा नगरपालिका १ आदर्श टोलमा एक युवतीको विवाह भएको थियो । सो क्रममा ती पीडित १३ वर्षकी किशाेरी पनि विवाह हेर्न गएकी थिइन् । सो क्रममा राति ति किशाेरी विवाहमै बसेकी थिइन् । त्यही बेला ती आरोपीतले एक हजार रुपैयाँ दिने भन्दै विवाह घर भन्दा केही पर लगेर जबरजस्ती बलात्कार गरेको थिए ।

त्यसको भोलिपल्ट पीडित किशोरीले घरमा आएर परिवारलाई सुनाएपछि घटना बाहिरिएको थियो । राति साढे १ बजेतिर आफू बलात्कारको सिकार भएको ती किशोरीको भनाइ छ । घटना लगत्तै पीडितका आफन्तले प्रहरीमा उजुरी दिएको तर प्रहरीले आरोपीत युवकको आफन्तले स्थानीय जनप्रतिनिधि तथा राजनीतक दलको आडमा प्रहरीलाई उजुरी नलिन दवाद दिएको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४