Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले नेपाल-खनाल समूहका सांसदहरु सिंहदरबारमा भेला


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र भलनाथ खनाल समूहका सांसदहरु संघीय संसद सचिवालय सिंहदरबारमा भेला भएका छन् । पार्टीबाट राजीनामा दिने चर्चा चलिरहेका बेला आइतबार नेपाल–खनाल समूहका सांसदहरू सिंहदरबारमा जम्मा भएका छन् ।

 

सुरुमा सांसद जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पवित्रा निरौला खरेल, निरादेवी जैरू, सरला यादव, विरोध खतिवडा सिंहदरबार पुगेका थिए । त्यसपछि वरिष्ठ नेता नेपाल, नेता योगेश भट्टराई सचिवालय पुगेका थिए ।

उपस्थित भएका सांसदहरु हाल पार्टीको स्थायी कमिटी बैठकमा रहेको समाचार स्रोतले बताएको छ । स्रोतका अनुसार कैठकको निर्णयअनुसार उक्त समूह अघि बढ्नेछ ।
हाल संसद्‍मा एमालेका १२१ सांसद छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते विश्वासको मत पाउनका लागि १३६ मत चाहिन्छ ।

यदि नेपाल–खनाल समूहले राजीनामा दिए पनि नदिए पनि प्रधामन्त्री ओलीलाई विश्वासको मत पुग्दैन । यसअघि ओली नेतृत्वको सरकारमा जाने जोश जाँगर देखाएको जनता समाजवादी पार्टी पनि पछि हटेको छ ।

कांग्रेस र माओवादी केन्द्रले सुरु देखि नै ओलीको विकल्प खोज्न कसेर लागिपर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४