Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्याङजा कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाइने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 4.2K
    SHARES

स्याङ्जा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ ।
कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले अस्पताल निर्माणका लागि आवश्यक परेमा पार्टीको मुख्यालय नेै उपलब्ध गराउनेगरी निर्णय भएको जानकारी दिनुभयो ।

कोरोना संक्रमण समुदायसम्म फैलिरहेको अवस्थामा निश्चित स्वास्थ्य संस्था र अस्पतालले मात्र बिरामीको चाप थेग्न नसकेका बेला कांग्रेसको निर्णय स्वागत योग्य भएकोे स्थानीयको भनाई छ । कोभिड अस्पतालका लागि स्थानिय तह, प्रदेश, केन्द्रीय सरकार वा कुनै आधिकारिक स्वास्थ्य सस्थाले अस्थायी उपयोग गर्न चाहेमा उपलब्ध गराउन सकिने बताइएको छ ।

महामारी रोग नियन्त्रणगरी र नागरिकका जीवन रक्षाको लागि सरोकारवाला निकाय गम्भीर हुन आग्रह गर्दै नेपाली काग्रेस स्याङ्जाले आवश्यकता अनुरुप सहयोगका लागि हातेमालो गर्न तयार रहेको एक प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

पुतलीबजार नगरपालिका १ अभियानपथमा रहेको सो भूईतला सहित ४ तलाको छ । वाक्लो बस्ती भन्दा पर रहेको भवन अस्पतालका लागि उपयोगी छ । उता नेकपा एमालेले भने प्रेस विज्ञप्ती जारी गर्दै संघिय, प्रदेश र स्थानीय सरकारलाई ध्यानाकर्षण गर्दै नागरिकलाई सहज स्वास्थ्य सुविधा पुराउन माग गरेको थियो ।

पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल निर्माण गर्ने जानकारी सहितको पत्र जिल्ला प्रशासन कार्यालय, समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय र पुतलीबजार नगरपालिकालाई जानकारी दिएको कावा सभापति रानाले बताउनुभयो । यसभन्दा अगाडी सामाजिक सञ्जाल मार्फत यो माहामारीको संकटमा कोरोना संक्रमणका लागि पार्टी कार्यालय उपलब्ध गराउन कार्यकर्ताले दबाव दिदै आएका थिए । कांग्रेसले पाटी कार्यालय कोभिड १९ का लागि प्रयोग गर्न दिने निर्णय प्रति कार्यकर्तामा उत्साहा छाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४