Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललिता निवास जग्गा प्रकरण : ढकाललाई छाड्ने विषयमा न्यायाधीशकै राय बाझियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २५ २०७८
  • 5.5K
    SHARES

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा भएको सुनुवाइमा ढकाललाई छाड्ने विषयमा दुई न्यायाधीशको फरक मत आएपछि मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

न्यायाधीश खतिवडाले ढकाललाई ३ करोड रुपैयाँ लिएर धरौटीमा छाड्ने आदेश लेखेका छन् भने न्यायाधीश भट्टराईले मुद्दा अन्तिम किनारा नलागुन्जेल थुनामै राख्नुपर्ने आदेश लेखेका छन् । उनीहरूको राय बाझिएसँगै अब ढकाल पुर्पक्षका लागि थुनामै रहनेछन् । यो मुद्दा ३ जनाभन्दा बढी न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाललाई मुख्य बिचौलिया बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध ढकालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

‘लगभग समान स्थितिका प्रतिवादी मीनबहादुर गुरुङलाई यही मुद्दामा धरौटी लिई विशेष अदालतबाट आदेश भएकोसमेत देखियो । विवादको प्रकृति, जग्गामा यी प्रतिवादीले हक प्राप्त गरेको तरिका, लगभग समानस्तरका प्रतिवादीबाट धरौटी जमानत लिनेगरी आदेश भएको अवस्था तथा अभियोग दाबीको स्थितिसमेतका समग्र पक्षमा तत्काल प्रमाणको रोहमा विचार गर्दा निजलाई मुद्दामा पुर्पक्षका लागि थुनामा राख्नु मनासिव देखिएन,’ न्यायाधीश खतिवडाले आदेशमा लेखेका छन्, ‘तसर्थ, विशेष अदालतले २२ माघ २०७७ गरेको बेरितको देखिदा बदर हुन्छ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४