Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललिता निवास प्रकरणमा बस्न्यातविरुद्ध दायर मुद्दाको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले दीप बस्न्यातविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा पु¥याउन तत्कालीन भौतिक मन्त्रालयको सचिवको हैसियतले भूमिका खेलेको अभियोगमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

उक्त मुद्दाको सुनुवाई गर्दै विशेषले पुर्पक्ष थुनामा रहेका बस्न्यातले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा दोस्रोपटक सुनुवाइ गर्दै सर्वोच्चले सक्कल फाइल ल्याउन भनेको हो ।

न्यायाधीश दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले आज बिहान साढे १० बजेभित्र विशेष अदालतबाट मुद्दाको सक्कल फाइल ल्याउन आदेश दिएको हो ।

डिल्ली बजार कारगारमा रहेका बस्न्यातले यही वैशाख १७ गते सर्वोच्चमा बन्दीको निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै १९ गते सर्वोच्चले विपक्षीलाई थुनामा राख्नुको र छाड्नु नपर्ने कुनै आधार र कारण भएका तीन दिनभित्र पेश गर्न भनेको थियो । लिखित जवाफ परेपछि हिजो तोकिएको पेशीमा संयुक्त इजलासले विशेषमा पेश भएको सक्कल फाइल ल्याउन भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४