Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यान्चेस्टर सिटी पहिलो पटक फाईनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २२ २०७८
  • 2.8K
    SHARES

एजेन्सी । इंग्लीश क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले हराउँदै म्यान सिटी समग्रमा ४–१ को नतिजासहित फाईनलमा पुगेको हो ।

यसअघि पिएसजीको मैदानमा भएको पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटी २–१ ले विजयी भएको थियो । गएरातिको खेलमा म्यान सिटीलाई विजयी गराउन दुबै गोल अल्जेरियन खेलाडी रियाद माहारेजले गरे ।

जारी सिजनको इंग्लीश प्रियिमर लिगमा समेत शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई स्पेनिस प्रशिक्षक पेप ग्वार्डीयोलाले च्याम्पियन्स लिगको फाईनलमा पु¥याएका हुन् ।

म्यान सिटीले अब फाईनलमा इंग्ल्याण्डकै चेल्सी वा स्पेनको रियाल मड्रिडमध्ये एक टोलीसँग खेल्नेछ । सेमिफाईनल दोस्रो लेगको खेलमा आज राती चेल्सी र रियाल मड्रिड भिड्नेछन् । रियाल मड्रिडको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४