Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सशस्त्रका आईजीपी खनाल संगठनमा कमजोर , भारतीय दूतावास छिर्दा डिआइजीलाई धक्का


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । दुई एआइजीको पदावधि नथप्ने योजना असफल भएपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल संगठनमा कमजोर भएका छन् । उनको इच्छाविपरीत सरकारले सशस्त्रका एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको पदावधि एक वर्षका लागि थप गरेको छ ।

गत साताको मन्त्रिपरिषद्को यो निर्णयले सशस्त्र प्रहरी बलमा धेरैको ‘करिअर’ उथलपुथल हुने भएको छ । यसको सबैभन्दा ठूलो फाइदा एआइजी केसीलाई नै हुनेछ । तीन साताका लागि भएपनि उनी महानिरीक्षक हुने सम्भावना प्रबल भएको छ । महानिरीक्षक खनालले यही आगामी २०७८ को चैत २९ मा अवकाश पाएपछि केसी २०७९ वैशाख २० सम्म महानिरीक्षक हुनेछन् ।

महानिरीक्षक खनाल दुवै एआइजीलाई विदा गर्ने पक्षमा थिए । तर, असफल भएपछि उनी स्वभाविक रुपमा संगठनभित्र कमजोर भएका छन् ।

केसीपछि आइजिपीमा प्रवीण श्रेष्ठको भाग्य खुल्ने सम्भावना छ । उनी खड्ग राई र मन्दीप श्रेष्ठकै ब्याची हुन् । तर, डिआइजी बढुवामा सुरुमा छुट्दा अहिले उनलाई ठूलो फाइदा हुने अवस्था आएको छ । तर, उनी पटक पटक भारतीय दूतावास छिर्दा कारबाही भोगेका विवादास्पद अधिकृत हुन् । उनी महानिरीक्षक हुनका लागि आगामी असारमा उनको पनि पदावधि थप हुनु जरुरी छ ।

यसबाट घाटा भने डिआइजीद्वय खड्ग राई र मन्दीप श्रेष्ठलाई नै भएको छ । उनीहरु आईजिपी खनालसँग मिलेर दुई एआइजीलाई घर पठाउने अभियानमा लागेका थिए । एआइजी नहुने भएपछि अब उनीहरू ३० वर्ष सेवा अवधि समेत नपुगी डिआइजीको पदावधिका कारण माघमा अवकाश पाउनेछन् ।

यद्यपि, उनीहरुले एआइजीको दरबन्दी थपको लागि चलखेल गर्न सक्ने सम्भावना छ । तर, यही सरकारले सशस्त्रमा एआइजीको दरबन्दी कटौती गरेकाले फेरि थप हुन कठिन देखिन्छ ।

यसले पछि आइजिपी हुने टोलीलाई पनि फाइदा हुने भएको छ । राजु अर्याल, सिपी गौतम तथा नारायणदत्त पौडेलको ब्याचलाई पनि असर नगर्ने भएको छ । तर, यो बीचमा सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरेमा भने परिस्थिति फरक हुनसक्छ । दृष्‍टि साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४