Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१२ अंकले घट्यो नेप्से, तीन कम्पनीको आम्दानी १० प्रतिशतले बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 2.7K
    SHARES

काठमाडौं । आइतबार ५४ अंकले वृद्धि भएर २६ सय ६५ पुगेको नेप्से परिसुचक सोमबार भने १२ अंक भन्दा बढीले घटेर २६ सय ५२ मा झरेको छ ।

कारोबार अवधिको सुरुवातदेखि नै बढेर २६ सय ९२ सम्म पुगेको बजारमा दिउँसो १ बजेपछि उतार चढाव देखिएको थियो भने अन्त्यमा १२ अंकले घटेर रोकियो । यस दिन कारोबार रकम भने साढे सात अर्ब बढी भएको नेप्सेले जनाएको छ ।

सोमबार लघुवित्त समुह ६९ अंकले उकालो लाग्दा लगानी समूह हरियो मात्र रह्यो । अरु सबै समूह ओरालो लागेका छन् । सबैभन्दा बढी जीवनबीमा समूहमा ९१ अंकको गिरावट आउँदा निर्जीवन बीमा समुह ८१ अंकले घट्यो ।

यस्तै विकास बैंक समूहमा ३४, उत्पादन समुहमा ६४, जलविद्युत र अन्य समुहमा ३२ अंकको गिरावट आउँदा व्यापार समूह १५, होटल तथा पर्यटन १२, बैंक समूह १० र वित्त समूहमा ९ अंकले गिरावट आएको छ ।

सोमबार विशाल बजार कम्पनी र नेशस्नल माइक्रोफाइनान्स वित्तिय संस्था तथा महिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले दश प्रतिशत कमाउँदा ६३ कम्पनीको शेयर मुल्यमा वृद्धि भएको छ । सोमबार हिमालय उर्जा विकास कम्पनी र हिमालय पावर पाटनरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

६ कम्पनीको मुल्य भने स्थिर रहेको छ । कारोबारका आधारमा अपि पावर कम्पनी र नेपाल रिइन्स्युरेन्स कम्पनी अग्रस्थानमा रहे । सोमबार २ सय १६ कम्पनीको १ करोड ५९ लाख बढी कित्ता शेयर ७ अर्ब ५२ करोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४