काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रेस सल्लाहकार थापाका अनुसार ओलीले समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन ।