Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अल्पमतमा पर्दापर्दै नियुक्ति, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमै बोलाएर सपथ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 7.5K
    SHARES

 बुटवल । अल्पमतमा पर्दैपर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । त्यसयताका १२ घण्टामा लुम्बिनीको राजनीतिमा थुप्रै उतार चढाव आए र विवादकै विवादमा पोखरेल पुनः मुख्यमन्त्री बनेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए । लगतै प्रदेशसभाको विशेष अधिवेशन अन्त्यको सिफारिस मात्र गरेनन्, एमाले संसदीय दलको नेताको हैसियतमा आफ्नो नेतृत्वमा एकल बहुमतको सरकार गठनको दाबी पेश गरे ।

८७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित दुई र जनता समाजवादी पार्टीका चार प्रदेशसभा सदस्य पदमुक्त भएका थिए र हाल ८१ सदस्य बहाल छन् । पोखरेलले ४१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संविधानको धारा १६८ -१) अनुसार सरकार गठनका लागि दाबी पेश गरेका थिए ।

तर साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजिन् । एमालेकै सांसद दृगनारायण पाण्डेले राजीनामा दिए भने सूर्य चुनाव चिन्ह लिएर जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहले पोखरेललाई साथ नदिने घोषणा गरे ।

लगतै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका नेताहरुले प्रदेश प्रमुखलाई भेटेर एमालेको बहुमत नभएकाले पोखरेललाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरे । तर बहुमत सदस्यको हस्ताक्षर पेश भएको भन्दै मुख्यमन्त्री धर्ननाथ यादवलाई पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे ।

लगतै ४२ सांसदले हस्ताक्षरसहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश भयो । प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई संविाधन विपरित पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकाले सपथ रोक्न माग गर्दै विपक्षी सांसदहरुले धर्ना दिएका थिए ।

विपक्षी सांसदहरुको धर्नाका कारण आफू प्रदेश प्रमुखको कार्यालयमा जान समस्या भएपछि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई आफ्नो कार्यालयमा बोलाएर सपथ लिएका हुन् । प्रदेश प्रमुख आफ्नो कार्यालयबाट बाहिरिने क्रममा सुरक्षाकर्मीहरुले धर्नामा बसेका सांसदहमाथि बल प्रयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४