रामेछाप । नेपाली कांग्रेसका नेता तथा संबिधान सभा सदस्य शिबबहादुर खड्काको निधन भएको छ । खड्काको ७८ बर्षको उमेरमा आज निधन भएको नेपाल तरुणदलका अध्यक्ष काजी बहादुर खड्का दिनेशले जानकारी दिए । उ
नको अनुसार आज बिहान घर भित्र समान्य लडेर घाइते भएपछी उपचारको लागी भत्तपुरमा रहेको नागरीक अस्पतालमा उपचार गर्ने क्रममा खड्काकाे निधन भएको हो । रामेछापको सुनापती गाउँपालीकामा जन्मनु भएका खड्का नेपाली कांग्रेसका जिल्ला सभापती, जिल्ला बिकास समिती रामेछापका सभापती समेत भइसक्नु भएको थियो ।
जन आवाज मिडिया हव प्रालि परिवार उहाँ प्रति हार्दिक श्रद्दान्जली व्यक्त गर्दछ शोक सन्तप्त परिवार लाई धैर्य धारण गर्ने शक्ति मिलोस